सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नागरीकता विद्येयकको विरोध

नागरीकता विद्येयकको विरोध

6005
Shares
नागरीकता विद्येयकको विरोध
  • सुनिल श्रेष्ठ

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले प्रस्तावित नागरीकता विद्येयकको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ । सरकारले प्रस्ताव गरेको नागरीकता विद्येयकको विरोधमा जनता समाजवादी पार्टी पर्साले प्रदर्शन गरेको हो । विरोध सभालाई सम्बोधन गर्दै तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादबले मधेशी समुदायप्रति प्रहार गरेको प्रस्तावित नागरीकता विद्येयकले ६२/६३ सालको आन्दोलनले प्राप्त गरेको अधिकारप्रति कुठाराघात गरेको बताउँदै उक्त विद्येयक फिर्ता गर्न माग गर्नुभएको छ । यसका साथै रोटीबेटीको सम्बन्धका साथै अहिले मधेशी समुदायले शान्तीपुर्ण आन्दोलन गरेको र यदि शान्तीपुर्ण आन्लोलनबाट मागको सम्बोधन नभए थप आन्दोलन गर्ने पनि उहाँले चेतावनि दिनुभयो ।

प्रदर्शनको क्रममा नागरीकता संशोधन विद्येयक फिर्ता गर, महिला अत्याचार बन्द गर, महिलामाथि विभेद अत्याचार गर्न पाइदैन, लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरिएको पार्टीका नेता तवरेज अहमदले जानकारी दिनुभयो । विरोध प्रदर्शनमा पार्टीका नेता राजेशमान सिँह, ईश्वर यादब, ओमप्रकाश सर्राफ, रम्भा मिश्रा, पार्टीका संघिय परिषद् सदस्य शिवजि सोनी, विद्यार्थि नेता मधुसुदन चौरसिया लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो

6005
Shares

ट्रेन्डिङ