सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुई दिन सार्वजनिक बिदा

काभ्रेको पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुई दिन सार्वजनिक बिदा

6245
Shares
काभ्रेको पाँचखालमा हर्ष उल्लासका साथ जात्रा र पर्व मनाउन दुई दिन सार्वजनिक बिदा

काभ्रे, १५ साउनः धेरै जसो स्थानीय तहहरुले कोरोना भाइरस नफैलियोस भन्नका लागि जात्रा, पर्व जस्ता मानिस भिड्भाड हुने कार्यक्रम नगर्न आग्रह गरेका छन् । तर काभ्रेको पाँचखाल नगरपालिकाले भने जात्रा र पर्व मनाउन दुईदिन सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले एक सूचना मार्फत १९ र २० गते सार्वजनिक बिदा दिने बताएका हुन् । उनले जारी गरेको सूचनामा जनै पूर्णिमा तथा गाईजात्राको अवसरमा जनसमुदायको उल्लासमय सहभागिलाई दृष्टिगत गरी पर्व तथा कार्यक्रमलाई अझ भब्यता प्रदान गर्न बिदा दिने निर्णय भएको उल्लेख छ । अगामी सोमबार र मंगलबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

6245
Shares

ट्रेन्डिङ