सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा थप ४ जनामा कोरोना संक्रमण, थपिएका संक्रमित सबै प्रहरी

काभ्रेमा थप ४ जनामा कोरोना संक्रमण, थपिएका संक्रमित सबै प्रहरी

5595
Shares
काभ्रेमा थप ४ जनामा कोरोना संक्रमण, थपिएका संक्रमित सबै प्रहरी

धुलिखेल, २६ साउनः काभ्रेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । थपिएकामा संघीय प्रहरी ईकाई जनागलका ३ जना र जिल्ला प्रहरी कार्यालय धुलिखेलका एक जना प्रहरी रहेका छन् । यस अघि सोमबार नै भुम्लु गाउँपालिका वडा नम्बर ६ का १९ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यस मध्ये २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लामा हालसम्म १० हजार ४ सय ७६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको संख्याको २७ वेडको रहेको छ ।

5595
Shares

ट्रेन्डिङ