सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • चिकित्सक लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तिर्ण

चिकित्सक लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तिर्ण

510
Shares
चिकित्सक लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तिर्ण

काठमाडौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा ५६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षर्थी उत्तिर्ण भएका हुन् ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ जना परीक्षर्थीहरु सहभागी थिए । जसमा मेडिकलमा ९६२ (५५.९६ प्रतिशत ) र डेन्टलतर्फ १७४ (६१.०५ प्रतिशत )परीक्षार्थी उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । 

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ ।  यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए ।

510
Shares

ट्रेन्डिङ