सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेको नमोबुद्धमा कुक तालिम सम्पन्न

काभ्रेको नमोबुद्धमा कुक तालिम सम्पन्न

6020
Shares
काभ्रेको नमोबुद्धमा कुक तालिम सम्पन्न

काभ्रे । नमोवुद्ध नगरपालिकाका युवाहरुलाई रोजगारमुलक बनाउने उद्देश्यले होटल कुक तालिम सम्पन्न भएको छ । तालिमका सहभागीहरुलाई आज एक समारोहकाबीच सिटिइभिटीको व्यवसायिक तह १ को राष्ट्रिय सीप प्रमाणपत्र प्रदान गरिएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाअन्तर्गत पुष्पा टेक्निकल इन्ष्टिच्युट बनेपाले उक्त तालिम प्रदान गरेको हो । ३ महिना लामो ३ सय ९० घण्टे उक्त तालिममा २७ जनाले व्यवसायिक तह १ को राष्ट्रिय सीप परिक्षण प्रमाणपत्र पाएका छन् । सहभागहरुलाई कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले तालिम लिएरमात्रै नहुने भन्दै यसलाई सदुपयोग गरेर रोजगारमुलक बन्नुपर्नेमा जोड दिनुभयो । तालिमका सहभागीहरुलाई अन्य माथिल्लोस्तरका प्रशिक्षण आवश्यक भएमा नगरपालिकाले समन्वय र सहयोग गर्ने तिमल्सिनाले बताउनुभयो । तालिमका सहागीहरुले रोजगारीमा पुग्नका लागि यो तालिमले सहयोग गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

उक्त तालिमका कतिपय सहभागीहरुले विभिन्न होटलहरुमा रोजगारी पाइरहेका छन् । सहभागीहरुलाई रोजगारीका लागि आफूहरुले पनि समन्वय गर्ने तालिम संयोजक अर्जुन सापकोटाले बताउनुभयो । तालिमका लागि सहभागी छनौट र आवश्यक समन्वय नमोबुद्ध नगरपालिकाले गरेको थियो भने आर्थिक सहयोग व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले गरेको थियो । सहभागीहरुलाई विजय घिमिरे, देवी तिमल्सिना, मन्जु शाह, भिन्नसिंह अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

तालिम संयोजक अर्र्नुन सापकोटाको सभापतित्व तथा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा काभ्रे होटल एसोसिएसनका कोषाध्यक्ष दिपेश श्रेष्ठ, प्रशिक्षक विजय घिमिरे लगायतको पनि उपस्थिति रहेको थियो।

6020
Shares

ट्रेन्डिङ