सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि

5150
Shares
काभ्रेमा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे, ९ भदौँः काभ्रेमा आज १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । संक्रमण पुष्टि हुनेमा बनेपा नगरपालिकामा बस्ने ४ बर्षिय एक जना बालक र ५८ बर्षिय एक पुरुष रहेका छन् ।

यसैगरी बनेपा नगरपालिका स्थायी ठेगाना भएका ९, २८, ३२ र ६० बर्षिका ४ जना महिला गरी रहेका छन् भने पनौती नगरपालिकास्थायी ठेगाना भएका ३८ र ४० बर्षका २ जना महिला, २०, ३२, ४० र ५५ बर्षिय ४ जना पुरुष संक्रमित भएका छन् ।

धुलिखेल अस्पतालमा कार्यरत २५ र ३७ बर्षका २ जना महिला र २६ बर्षका एक जना पूरुष पनि संक्रमित भएका छन् । काभ्रेकै मण्डनदेउपुर नगरपालिका घर भइ भुम्लु गाउँपालिकामा कार्यरत ३३ बर्षका एक जना महिला स्वास्थ्यकर्मी र मण्डनदेउपुर नगरपालिका वडा नं १२ बस्ने४८ बर्षिय एक जना महिला गरी जिल्लामा आज जम्मा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै काभ्रेमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ६२ पुगेको छ ।

5150
Shares

ट्रेन्डिङ