सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरीले अबदेखि सवारी चालक र आम नागरिकलाई ‘नमस्कार’ गर्ने

ट्राफिक प्रहरीले अबदेखि सवारी चालक र आम नागरिकलाई ‘नमस्कार’ गर्ने

8485
Shares
ट्राफिक प्रहरीले अबदेखि सवारी चालक र आम नागरिकलाई ‘नमस्कार’ गर्ने

तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्र’हरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो । प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उहाँले बताउनुभयो ।

उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उहाँले जानकारी दिनुभयो । यस अभियानअन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानूनबमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ ।

ट्राफिक प्र’हरीले आमनागरिकमाथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो ।
आमनागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । चालक र आम नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान थालेको पहिलो दिनमै रु २० हजार ५०० राजश्व सङ्कलन भएको छ ।

करिब डेढ घण्टाको अवधिमा सवारी जाँच गर्दा २५ विभिन्न सवारीलाई कारवाही गरिएको ट्राफिक प्र’हरीले जनाएको छ । ट्रक, जिप, मोटरसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधनले ट्राफिक नियमविपरीत सवारी साधन चलाएको भेटिएकाले कारबाही गर्दा सो रकम सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रानाभाटले बताउनुभयो । यस अभियानलाई निरन्तरता दिई सवारी जाँचलाई कडाइ गर्दै अघि बढ्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।रासस

8485
Shares

ट्रेन्डिङ