सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि

4920
Shares
काभ्रेमा आज ७० जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे : काभ्रेमा आज एकै दिन ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु मध्ये सबै भन्दा धेरै पाँचखाल नगरपालिकामा रहेको नेपाली सेनाको तालिम केन्द्रका रहेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार पाँचखाल नगरपालिकाबाट ६३ पुरुष र चार महिला,बनेपाका १जना पुरुष,धुलिखेलका १ पुरुष १ महिला रहेका छन् । यस्तै जिल्लामा कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत पनौतीका ५० वर्षीय महिलाको मृत्यु भएको बताईएको छ ।यो संगै जिल्लामाकोरोना संक्रमितको संख्या ५४१ पुगेको छ ।

उनीहरुमध्ये १८९ जना महिला छन् भने ३५२जना पुरुष छन् । जिल्लामा अझै १९५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३२ जना अस्पताल आईसोलेसनमा र ६३ जना होम आईसुलेसनमा छन् । हाल सम्म ३४० जना भने उपचार पछि निको भईसकेका छन् । यस्तै जिल्लामा कोरोना संक्रमण बाट मृत्यृ हुनेको संख्या ६ पुगेको छ । उनीहरुमध्ये ४ जना महिला र २ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

4920
Shares

ट्रेन्डिङ