सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • २०० लामाहरू शान्ति र अहिंसाको प्रार्थना गुफा बस्दै

२०० लामाहरू शान्ति र अहिंसाको प्रार्थना गुफा बस्दै

830
Shares
२०० लामाहरू शान्ति र अहिंसाको प्रार्थना गुफा बस्दै

काभ्रे | काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्) गुफा बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई सय लामाहरू गुफा बस्न लागेका हुन् ।

विषेशगरी शान्ति र अहिंसाको प्रार्थनाका लागि लामाहरू डेढ महिना गुफा बस्न लागेको संस्थाका अध्यक्ष वीरबहादुर वाइबा जानकारी दिए । उनका अनुसार गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट करिब दुई सय लामा आउनेछन् ।

ताल्ढुङ्गामा यही मङ्सिर २९ गते गुफा कार्यक्रमअन्तर्गत शुभारम्भ भएसँगै भोलिपल्ट लामागुरू खेन्पोसेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ । उनका अनुसार शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा सांस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने छ ।

यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पुर्याउनुका साथै बौद्धधर्म, कला–संस्कृतिको संरक्षण, संवर्द्धन र विकाससँगै समस्त लामाको हक–हित, भाषा, लिपि, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो एकरूपता र सरल पार्ने विषयमा बृहत् छलफल हुने जनाइएको छ ।

“तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष वाइबाले भने । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन विकासमा टेवा पुग्ने बताए। उनले खानीखोलालाई धार्मिक पर्यटनको रूपमा विकास गर्न गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममासमेत समेटिएको जानकारी दिए ।

830
Shares

ट्रेन्डिङ