सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हेलम्बुमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

हेलम्बुमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

540
Shares
हेलम्बुमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ।

बुधबार बिहान करिब ११ बजेतिर बा २ च ४४५० नम्बरको जिप दोरिङमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए।

तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले   जानकारी दिएका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको छ।

गुम्बा जाँदै गरेको जिप सडकबाट ५० मिटर तल खसेको थियो। घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

540
Shares

ट्रेन्डिङ