सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा अरनिको यातायातका गाडी गुड्न रोक

काभ्रेको पाँचखालमा अरनिको यातायातका गाडी गुड्न रोक

5735
Shares
काभ्रेको पाँचखालमा अरनिको यातायातका गाडी गुड्न रोक

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा मृ’तकका आफन्त र स्थानीयले अरनिको यायातातका गाडी गुड्न रोक लगाएका छन् । हिजो सिन्धुपाल्चोकको जलबिरेबाट काठमाण्डौ जादै गरेको बा २ ख ६६०२ नम्बरको यात्रुबाहक बसले बा ६ प ७८३४ नम्बरको मोटरसाइलाई ठ’क्कर दिएको थियो ।

बसको ठ’क्करबाट मोटरसाइकल चालक पाँचखाल नगरपालिका वडा नम्बर ३ का २५ बर्षी दिवाकर भुजेलको मृ’त्यु भएको थियो । यातायाता ब्यवसायी समिति मृतकका आफन्तबीच कुरा नमिलेपछि अरनिको यातायातका बसलाई स्थानीयले चल्न नदिएका हुन् ।

राजमार्ग भने अ’वरुद्ध नरहेको जिल्ला प्र’हरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । प्र’हरी नायव उपरिक्षक थापाका अनुसार अरनिको यातायात बाहेक सवारी साधान भने निर्वाध रुपमा चलिरहेका छन् ।

पाँचखालबाट अघि जान सक्ने अवस्था नभएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्ला हिडेका यात्रुहरु बीचैमा अलपत्र परेका छन् । कति बसलाई प्र’हरीले धुलिखेलमै रोकेको छ ।

5735
Shares

ट्रेन्डिङ