सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बनेपाको सबै सामुदायिक बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु

बनेपाको सबै सामुदायिक बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु

5105
Shares
बनेपाको सबै सामुदायिक बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु
  • सनम सुवाल 

काभ्रे : काभ्रे बनेपा नगरपालिकाको सबै सामुदायीक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । नगरपालिका क्षेत्रभित्रका प्रारम्भिक बालविकास कक्षा (ईसिडी) देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई लक्षित गरि दिवा खाजा कार्यक्रम सुरु गरिएको दिवा खाजा कार्यक्रम व्यवस्थापन समितिका संयोजक तथा नगर उपप्रमुख रेखा सापकोटाले बताउनुभयो ।

नगर क्षेत्रका ३१ ओटा विद्यालयमा यो कार्यक्रम संञ्चालन गरिने भएको हो । खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या कम हुने विश्वास लिईएको छ । शिक्षाको क्षेत्रमा यो एउटा नयाँ आयम हुने र ग्रामीण क्षेत्रका विद्यालयमा यो कार्यक्रम अझ प्रभावकारी हुने उपप्रमुख सापकोटाले बताउनुभयो ।

5105
Shares

ट्रेन्डिङ