सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा बाँस्कोटा वि’रुद्ध पहिलो पटक नाराः ‘७० करोड कहाँ छ? गोकुलेलाई थाहा छ !’(भिडियो)

काभ्रेमा बाँस्कोटा वि’रुद्ध पहिलो पटक नाराः ‘७० करोड कहाँ छ? गोकुलेलाई थाहा छ !’(भिडियो)

12740
Shares

काभ्रे : काभ्रेमा पूर्व मन्त्री गोकुल बाँस्कोटाको पहिलो पटक वि’रोध भएको छ । शुक्रबार बनेपामा माधव–प्रचण्ड समूहका युवा विद्यार्थीले बाँस्कोटा वि’रुद्ध नारा लगाएका हुन् । उनीहरुले ‘७० करोड कहाँ छ? गोकुलेलाई थाहा छ !’ भन्दै नारा लगाएका थिए ।

प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सूचना तथा सञ्चार प्रविधि मन्त्रीबाट रा’जीनामा दिनुभएको थियो । ७० करोड काण्डको विषयमा देशभर वि’रुद्ध भएपनि काभ्रेमा यसअघि यसरी सार्वजनिक रुपमा वि’रोध गर्ने आट कसैले गरेका थिएनन् ।

तर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा वि’घटन गरेपछि अलक भएको माधव–प्रचण्ड समूहले जिल्लामा बाँस्कोटाको पहिलो पटक वि’रोध गरेका हुन् । बनेपाको सडकमा बाँस्कोटा वि’रुद्ध नारा लागिरहँदा बाँस्कोटा बनेपामै आफु निकटका बिद्यार्थीहरुको जिल्ला भेलाको प्रमुख अतिथिको भुमिका निर्वाह गरिरहनुभएको थियो ।
थप भिडियोमा :

 

https://youtu.be/-CLsX2-USWE

12740
Shares

ट्रेन्डिङ