सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेको नमोबुद्धमा ल्होसारमा तीन दिन सार्वजनिक विदा

काभ्रेको नमोबुद्धमा ल्होसारमा तीन दिन सार्वजनिक विदा

5135
Shares
काभ्रेको नमोबुद्धमा ल्होसारमा तीन दिन सार्वजनिक विदा

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिकाले ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । आठौं नगरसभाको दोस्रो बैठकअघि सोमबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसबर्षको सोनाम ल्होसार माघ ३० गते परेको हो । उक्त निर्णयलाई नगरसभाको बैठकले अनुमोदन गरेको छ । कार्यपालिका बैठकले कर्मचारीहरुको प्रोत्साहनका लागि दुईवटा कार्यविधि स्वीकृत गरी कर्मचारीहरुलाई नगरको सहग्र विकासमा अहोरात्र खट्न प्रोत्साहन गरेको छ ।

5135
Shares

ट्रेन्डिङ