सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पूर्व मन्त्री बाँस्कोटा पुगे बाढी प्रभावित क्षेत्र दोलालघाट

पूर्व मन्त्री बाँस्कोटा पुगे बाढी प्रभावित क्षेत्र दोलालघाट

7385
Shares
पूर्व मन्त्री बाँस्कोटा पुगे बाढी प्रभावित क्षेत्र दोलालघाट

काभ्रे : पूर्व मन्त्री गोकुल बाँस्कोटा बाढी प्रभावित क्षेत्र काभ्रेको दोलालघाट पुग्नुभएको छ । इन्द्रावती नदीमा अस्तिदेखि आएको बाढीले दोलालघाट बजार पनि प्रभावित बनेको छ ।

पूर्व मन्त्री गोकुल बाँस्कोटाको टोलीमा, प्रदेश पर्यटनमन्त्री सरेश नेपाल, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरे, भुम्लु गाउँपालिका अध्यक्ष गुमान ध्वज कुँवर दोलालघाट बाढी प्रभावित क्षेत्र अवलोकन गर्न पुगेका थिए ।

काभ्रेका सुरक्षा निकाय सहितको दोलालघाटमै बसेको आपत्कालीन बैठकले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा राख्ने र राहतको ब्यवस्थापन गर्ने निष्कर्ष निकालेको छ ।

इन्द्रावतीको बाढीले दोलालघाट पुल समेत जोखिममा परेको छ । लेदो माटो सहितको बाढीले खेलमैदान लगायतका संरचना पनि ध्वस्त पारेको छ ।

भिडियोमा हेर्नुहोस् दोलालघाटको अवस्था

7385
Shares

ट्रेन्डिङ