सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

2620
Shares
चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिनुभएको छ । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्नुभएको प्रअको जिम्मेवारी त्याग्नुभएको हो । आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताउनुभयो ।
बागलुङ नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्माको नाम आकाङ्क्षीको सूचीमा छ । “२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भन्नुभयो । असल प्रअको राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिनुभयो ।
पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गर्नुभएको थियो । रासस

2620
Shares

ट्रेन्डिङ