सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • प्रहरी जवानले गरे गोली हानी आत्महत्या

प्रहरी जवानले गरे गोली हानी आत्महत्या

1300
Shares
प्रहरी जवानले गरे गोली हानी आत्महत्या

सुनसरी । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । आत्म्हत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका– २ घर भइ कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

1300
Shares

ट्रेन्डिङ