सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाढीले पाँचखाल बृहत खानेपानीको मुहान पनि पुर्यो, अब कहिले आइपुग्ला नगर बासिको घरघरमा पानी ? (भिडियो )

बाढीले पाँचखाल बृहत खानेपानीको मुहान पनि पुर्यो, अब कहिले आइपुग्ला नगर बासिको घरघरमा पानी ? (भिडियो )

8215
Shares
बाढीले पाँचखाल बृहत खानेपानीको मुहान पनि पुर्यो, अब कहिले आइपुग्ला नगर बासिको घरघरमा पानी ? (भिडियो )
  • पुजन धिताल

काभ्रे : काभ्रेको पाँचखाल भन्ने वित्तिकै कृषि, पर्यटन र धार्मीक क्षेत्रको लागी परीचित छ । सो संगै हाल पाँचखाल नगरपालीका भित्र रहेका ७ हजार घरधुरीले सुनकोसिको पानी पाँचखाल ल्याउने तयारीमा जुटेको कुराले पनी पाँचखाल निकै चर्चामा रहहेको छ ।

शहरी खानेपानी तथा सरसफई आयोजनामा दुई अर्ब २२ करोड ५६ लाख रुपैयाको कुल लागतमा आयोजनाका लागि सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र सुनकोसी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सहलगानी मोडलमा सम्झौता गत २०७७ असार १५ गते भएको हो । सम्झौता पछि कन्काई जे.भिले आयोजनाको निमार्ण कार्य तिव्र रुपमा अघि बढाएको छ ।

कुल लागतको ८५ प्रतिशत रकम नेपाल सरकार र एसियाली विकास बैंकको सहयोग १५ प्रतिशत नगरले आन्तरीक स्रोत र उपभोक्ता संग संकलन गरी हाल कन्काई जे.भि संग १ अर्ब ३४ करोड १० लाख ६५ हजार ६ सय ३७ रुपैया ४ पैसामा सम्झौता गरेको हो । काम सुरु भएको १ वर्षमा करीव ६५ प्रतिशत काम सकिएको कन्काई जे.भिका प्रोजेक्टर म्यानेजर इन्द्रमान सिं बस्नेतले जानकारी दिए ।

आयोजनामा खानेपानी प्रणालीका लागि दुई अर्ब २१ करोड ७२ लाख र सरसफाइतर्फ ८४ लाख ३४ हजार रुपैंया खर्च हुने अनुमान छ । एसियाली विकास बैंकबाट सहरी खानेपानी आयोजनामार्फत एक अर्ब ५५ करोड २० लाख रुपैयाँ अनुदान, नगर विकास कोषको ऋण ५५ करोड ४२ लाख रुपैयाँ र उपभोक्ताको योगदान ११ करोड ८ लाख गरी दुई अर्ब २२ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यतालिका बनेको छ ।

दोलालघाटस्थित सुनकोसी नदीको बिमिरे दोभानबाट पानी लिफ्टिङ गरी पलाञ्चोक भगवतीस्थानसम्म पु¥याउने योजना छ । त्यहाँ प्रशोधनपछि पाँचखाल उपत्यकाभर खानेपानी वितरण हुनेछ । केहि दिन अघि आएको अबिरल बर्षको कारण सुनकोसिमा आएको बाढिले आयोजनाको सुनकोसी बगर क्षेत्रको संरचनाहरु बाढिले पुरी दिएको छ ।

बाढिको कारण करीब २ करोड लागानीको मेसेनरी सामानहरुको क्षेति भएको कन्काई जे.भिका प्रोजेक्टर म्यानेजर बस्नेतले बताए । बस्नेतका अनुसार अन्य संरचनामा क्षेती नभएको अवस्थामा योजना कार्यनयनमा कुनै ढिला नहुने बताए । यदि बाढिले क्षेती भएको भएपनी १८ महिना भित्र हामी पाँचखाल नगर बासिलाई स्वछ खानेपानी वितरण गर्ने बस्नेतले बताए ।

वर्षौंदेखि खानेपानीको चरम समस्याबाट पीडित पाँचखालवासीले उपभोक्ता सहभागिताबापतको प्रतिघरधुरी १८ हजार रुपैयाँ जुटाएका छन् । रकम बुझाउन नसक्ने घरपरिवारका लागि नगरपालिकाको जमानीमा पाँचखालस्थित विभिन्न सहकारीले न्यून ब्याजदरमा ऋण लगानी गरेका छन् । हिजो हामीले लागत सहभागिता जुटाउन नसक्ने प्रतिघरपरिवारका लागि सहकारीमा १८ हजार रुपैयाँको दरले जमानी बसेका थियौं । आज हामीले नगर विकास कोषबाट प्राप्त हुने ५५ करोड ४२ लाख रुपैयाँ ऋण नै लिने सम्झौता गरेका छौं ।

सहभागितामूलक आयोजना भएकाले सबै राजनीतिक दल र स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारलाई समेत समेटेर वडाअध्यक्षको संयोजकत्वमा १० वटै वडामा उपसमिति बनाइएको हो । हाललाई पाँचखालका वडा नम्बर २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ गरी ६१ सय घरधुरीलाई आयोजनाले समावेश गरेका छ । बाँकी तीन वटा वडालाई समेत अन्य सहयोग र उपायमार्फत गुणस्तरीय पानी खुवाउने योजना रहेको छ ।

अब पाँचखाल उपत्यकाका करिब ६१ सय घरधुरीलाई विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डअनुसारको पानी २४ सै घण्टा उपलब्ध हुने ग्यारेन्टी उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले दिएका छन् । आयोजनाको कुल लागत २ अर्ब २२ करोड ५६ लाख रुपैयाँ हुनेछ । यसबाट पाँचखालका १० वटा वडाका ६१ सयजति घरपरिवारले गुणस्तरीय खानेपानी पाउनेछन् भने उनीहरुको सहभागिता लागतबापतको ११ करोड रुपैयाँभन्दा बढी रकम जुटिसकेको छ ।

मुख्य पाइपलाइन, सहायक पाइपलाइन र वितरण पाइपलाइन गरी करिब दुई लाख ३१ हजार मिटर पाइप बिछ्याइने छ । योजनाको सम्झौता अनुरुपको समय ३० महिना हो । कोरोना र बाढिको कारणले गर्दा काममा कुनै ढिलासुस्ति नहुने उपोभोता समिति र कन्काई जे.भि दुवैको दावि छ । सुनकोसी बगरको आयोजनाको पूर्ण क्षेती भएमा आयोजनाको समय केहि महिना लम्वाउनु पर्न सक्ने कन्काई जे.भि ले जानकारी दिएको छ ।

8215
Shares

ट्रेन्डिङ