सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाका सबै विद्यालयलाई भौतिक रूपमा पठनपाठन गर्न निर्देशन

धुलिखेल नगरपालिकाका सबै विद्यालयलाई भौतिक रूपमा पठनपाठन गर्न निर्देशन

3825
Shares
धुलिखेल नगरपालिकाका सबै विद्यालयलाई भौतिक रूपमा पठनपाठन गर्न निर्देशन

काभ्रे : धुलिखेल नगरपालिकाले भोली सबै विद्यालयलाई भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएको छ । नगरपालिकाका उपसचिब माधवप्रसाद शर्माले आज बालविकास देखि कक्षा १२ सम्मका सबै विद्यालयले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन जारी गर्नुभएको हो ।

यसअघि नगरपालिकाले भदौ १८ गते एक सूचना जारी गर्दै बैकल्पिक सिकाईका विधी मार्फत ६ देखि १२ कक्षासम्म र आलोपालो विधी अपनाएर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो । विद्यालयहरूले त्यसै अनुसार पठनपाठन गर्दै आएका थिए ।

कोरोना भाईरसको संक्रमण कम हुदै गएकाले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार २२ जना मात्रै कोरोना भाईरसका सक्रिय संक्रमित छन् ।

नगरपालिकाले बाल बिकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई यसअघि दिँदै आएको दिवा खाजा समेत ब्यवस्था गर्न सबै विद्यालयलाई भनेको छ । नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लकडाउन सुरू भएपछि यो बर्षको पठनपाठन पनि नराम्रोसंग प्रभावित बनेको छ ।

3825
Shares

ट्रेन्डिङ