सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश, को-को छन् पदाधिकारी ?

बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश, को-को छन् पदाधिकारी ?

4360
Shares
बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश, को-को छन् पदाधिकारी ?

बागमती टिपर व्यवसायी संघको अध्यक्षमा सुरेश खत्री चयन हुनुभएको छ । बनेपामा सकिएको १० औं अधिवेशनले खत्रीको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा नवीन बैद्य, उपाध्यक्षमा नरेन्द्र बादे, उपाध्यक्ष ठाकुर गौतम, सचिव राजेश खत्री, सहसचिव राजनप्रसाद पौडेल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ र सहकोषध्यक्षमा निर्मल श्रेष्ठ सर्वसम्वत चयन भएको निर्वाचन समितिका संयोजक सुरकृष्ण बैद्यले जानकारी दिनुभयो ।

निर्वाचन समितिका संयोजक बैद्यका अनुसार संघको कार्यसमिति सदस्यमा बद्री पुर्कोटी, पूर्णबहादुर श्रेष्ठ, अजय कार्की, दीपक अधिकारी, सुन्जित तामाङ, जुलियस खड्का, टिकाप्रसाद हुमागाई र सुदर्शन खत्री चयन भएको हुनुभएको छ ।

कोटेश्वर पूर्व गुड्ने सबैभन्दा धेरै टिपर बागमती टिपर ब्यवसायी संघकै छन् । राजधानी पूर्वका जिल्लामा बागमती टिपर ब्यवसायी संघको एकछत्र राज चलिरहेको छ ।

4360
Shares

ट्रेन्डिङ