सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेकी किशोरीलाई यौ न ध न्दामा लगाउने एक महिला प क्रा उ

काभ्रेकी किशोरीलाई यौ न ध न्दामा लगाउने एक महिला प क्रा उ

4690
Shares
काभ्रेकी किशोरीलाई यौ न ध न्दामा लगाउने एक महिला प क्रा उ

काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्। उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए।

छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै छन् उनलाई पनि थाहा छैन। उनलाई आफ्नो श्रीमान अर्कै केटीसँग पो गए कि भन्ने लाग्छ। सम्पर्कविहीन भएको पनि ३-४ महिना भइसक्यो। प्र ह रीलाई पनि खबर गरेको उनी बताउँछिन्।

सुत्केरी भएदेखि आमाबुवा पनि काठमाडौंमै छन्। श्रीमान सम्पर्कविहीन भएपछि उनको आम्दानीको स्रोत पनि बन्द भयो। उनलाई पैसा पनि चाहिएको थियो। अनि उनले काम गर्ने कुरा बुवालाई सुनाइन्।

बुवाले अहिले नै काम नगर्न भनेका थिए। उनले जिद्दी गरेपछि बुवाले पनि काम गर्न अनुमति दिए। बुवाले चिनेका नुवाकोट घर भई काठमाडौंको मूलपानी तिवारीटोलमा बस्ने ३३ वर्षीय रामशरण गोतामेसँग सम्पर्क गरे।

ज्यामीको काम गर्न गत असोज १० गते उनी रामशरणको घर गइन्। उनले त्यहाँ रामशरणकी श्रीमती सीतालाई भेटिन्। उनले त्यहाँ ज्यामी काम गर्न जाँदैछु भन्ने सोचेकी थिइन्। त्यहाँ उनले अरू नै काम गर्नुपर्ने भयो।

सीताले आफ्नो घरमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। बाध्यताको फाइदा उठाएर उनलाई पनि यौ न ध न्दा मा लगाइन्। ‘म ज्यामी काम गर्न भनेर गएकी थिएँ। सीताले तिमी ज्यामी काम गर्न सक्दिनौ, तिमी मेरो घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर भन्नुभयो। त्यहाँ जाँदा त्यस्तो काममा लगाउनुभयो,’ उनले भनिन्।

सीताको घरमा गएको पहिलो दिनदेखि नै यौ न ध न्दा मा सं लग्न गराएको उनले बताइन्। त्यहाँ उनी जस्तै अरू चार जना पनि किशोरी थिए। उनीहरूलाई पनि सीताले त्यस्तै काममा लगाएकी थिइन्।

ग्राहकबाट उनले पैसा लिएर पीडितको खातामा पाँच सय रुपैयाँ लेखिदिन्थिन्। उनीहरूको हातमा पैसा भने दिन्थिनन्।
ग्राहक आउँदा उनले आफ्नो बच्चा अर्कै पी डि तलाई दिन्थिन्।

सीताले आफ्नो घरमा दुई जना १९ वर्षका र एक जना १७ वर्षीया किशोरीलाई डेरामा राखेजसरी नै राखेकी थिइन्। प्र ह रीले सुइँको नपाओस् भनेर उनले यस्तो जुक्ति लगाएकी थिइन्।

उनीहरू सबैलाई सीताले अरू नै कामको प्रलोभन दिएर यौ न ध न्दा मा लगाएको प्र ह रीसमक्ष बताएका छन्। बाध्यतामा परेकी किशोरीलाई सीताले लगेर घरमा काम दिने भन्दै राख्थिन्। तर त्यहाँ उनीहरूलाई जबरजस्ती यौ न ध न्दामा लगाइन्थ्यो।

यसबारे त्यहाँका छरछिमेकले प्र ह रीलाई खबर नगरेका पनि होइनन्। सिभिल लुगामा प्र ह री नै कति पटक त्यहाँ आइसकेको पनि पीडितहरू बताउँछन्। सीताले उनीहरूलाई डेरावाल बनाएर राखेकी थिइन् भने कसैसँग यसबारे बताए मार्ने ध म्की समेत दिएकी थिइन्। जसकारण पीडितहरू बोल्न डराउँथे। पीडितले नबोलेपछि प्र ह रीले थाहा पाउन सकेन। सीता यस्तो काम गर्दिनँ भन्दा ती किशोरीहरूलाई ध म्की दिन्थिन्।

‘मैले म यस्तो काम गर्दिनँ भन्दा गा लीग लौ ज गर्ने ड र, ध म्की दिने गर्थ्यो। दैनिक ३ देखि ४ जनासम्म बस्नुपर्ने। कुनै दिन काम गर्दिनँ भन्दा जबरजस्ती तैंले नगरे कसले गर्छ भनेर डर देखाई बाध्य बनाएर जबरजस्ती काममा लगाउने गर्थिन्,’ त्यही घरमा डेरा गर्दै बसेकी एक किशोरीले भनिन्। सोही घरमा उनकै दिदी-भिनाजु पनि बस्थे। यो घ ट नाबारे उनीहरूलाई थाहा नभएको उनी बताउँछिन्।

उनीजस्तै त्यहीँ घरमा बस्नेहरूलाई रासन पनि सीताले नै ल्याइदिन्थिन्। केही सामान चाहिए पनि उनैले ल्याइदिन्थिन्। तर पैसा भने दिँदैन थिइन्। बरू धेरै खर्च गरेको भन्दै उल्टै ऋण चढाइदिने गरेको पी डि तहरू बताउँछिन्। कहिलेकाहीँ धेरै नै आम्दानी भए पनि सीताले हिनामिना गर्ने गर्थिन्।

त्यसरी सीताले तीन किशोरीमाथि ५० हजार, २१ हजार र १९ हजार ऋण चढाएकी थिइन्। उनीहरूका अनुसार सीताले डेराको पनि छुट्टै पैसा काट्ने गर्थिन्। ‘चार हजार कोठा भाडा पनि काट्नुहुन्थ्यो। बत्ती र पानीको छुट्टै,’ अर्की पीडित किशोरीले भनिन्।

उनीहरूलाई कहिलेकाहीँ ग्रा ह कले नै बाहिर लिएर जान्थे। त्यो बेला पनि उनीहरू भाग्न सकेनन्। यसरी बौद्ध क्षेत्रमा कोठी सञ्चालन भइरहेको छ भन्ने सूचना नेपाल प्र ह रीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही समय अघि पाएको थियो।

विशेष सूचनाको आधारमा प्र ह रीले त्यसलाई पुष्टी गर्नतिर लागेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। ‘हामीलाई सूचना आएको थियो। त्यहाँ बच्चाहरूलाई यस्तो-यस्तो हुन्छ भनेपछि हाम्रो टोली खटियो। त्यसलाई भरिफाई गर्‍यो,’ उनले भने,’बच्चाहरू शं का स्पद रूपमा देखिएपछि दुई जनालाई नियन्त्रणमा लियौं।’

ब्युरोले त्यहाँ कोठी सञ्चालन भइरहेको भन्ने पुष्टि गरेपछि गत आइतबारको टोली त्यहाँ पुगेको उनले बताए। प्र ह रीले त्यहाँ भएका चार जना पीडितको उ द्धा र पनि गरेको छ। सीतालाई पक्राउ गरेको छ भने श्रीमान् रामशरण फरार छन्।

ब्युरोले उनीहरूमाथि थप अ नु सन्धानको लागि प्र ह री वृत्त बौद्धमा बुझाएको छ। अहिले अनुसन्धान भइरहेको प्र ह री ले जनाएको छ। यता पी डि तहरू भने माइती नेपालको संरक्षणमा छन्। उनीहरूले प्र ह री कार्यालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कारबाही गर्न जाहेरी दिइसकेका छन्।

प्र ह री वृत्त बौद्धका अनुसार सीता पहिले पनि तीन महिना सुन्धारास्थित कारागारमा बसिसकेकी छन्। यही मुद्दामा उनी प क्रा उ गरी जेल बसेको प्र ह रीले जनाएको छ। कुन सालमा बसेकी थिइन् भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले बतायो। उनले बौद्धमा कहिलेदेखि सञ्चालनमा आएको भन्नेबारे अनुसन्धान भइरहेको प्र ह री ले जनाएको छ।

‘अहिले हामीले उनीसँग सोधपुछ गरिसकेका छैनौं। बयान लिने काम भइनसकेको हुँदा कहिलेदेखि भन्ने ठिक समय खुलेको छैन,’ प्र ह री स्रोतले भन्यो। नेपालमा पनि आन्तरिक मानव बेचबिखन सुरू भएको भन्दै माइती नेपालले यो घ ट ना सार्वजनिक गरेको हो।

माइती नेपालले यो घ ट ना बाहिरिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो। ‘योभन्दा अगाडि कोटेश्वर, नरेफाँट क्षेत्रबाट पनि त्यसरी नै प्र ह रीसँग समन्वय गरी रेस्क्यू गरेका थियौं,’ माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले भने, ‘आन्तरिक मानव बेचबिखन यति भयावह भयो त्यसलाई नहेरी नहुने भयो।’

यस्ता घ ट नामा उम्किन नसकोस् भनेर बालिकाहरूलाई दु र्व्य नीमा फसाउने गरेको पनि उनले बताए। नेपालमा पनि बम्बई, दिल्लीका को ठीहरूमा गरिने देखिएको उनको भनाइ थियो।

पी डि त किशोरीहरूलाई दसैं-तिहारमा घर फर्किन मन छ। तर कानुनी प्रक्रिया अझै नसकिएको हुँदा उनीहरूलाई घर पठाउने वा आफ्नै संरक्षणमा राख्ने टुङ्गो लागिनसकेको माइती नेपालले जनाएको छ।

पीडित कि शो रीहरूले बाहिर निस्केर पार्लर, कपडा सिलाइलगायत सीपमूलकको काम गर्न जाने मन भएको बताएका छन्। त्यस्ता सीपमूलक तालिमका लागि माइती नेपालले पनि समन्वय गर्ने कार्यकारी निर्देशक खड्काले बताए।

– सेतोपाटि बाट

4690
Shares

ट्रेन्डिङ