सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

आज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

4210
Shares
आज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

काठमाण्डाै : दशैँको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंँदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

4210
Shares

ट्रेन्डिङ