सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • होली खेल्ने क्रममा २ समूहबीच विवाद हुँदा २ जनाको ज्यान गयो

होली खेल्ने क्रममा २ समूहबीच विवाद हुँदा २ जनाको ज्यान गयो

330
Shares
होली खेल्ने क्रममा २ समूहबीच विवाद हुँदा २ जनाको ज्यान गयो

काठमाण्डौ | ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको ज्यान गएको छ ।

हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ ।

330
Shares

ट्रेन्डिङ