सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने? यी १६ कुरामा ख्याल राखौं

मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने? यी १६ कुरामा ख्याल राखौं

5195
Shares
मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने? यी १६ कुरामा ख्याल राखौं

काठमाडौं : माछा मासुजन्य परिकार, दसैंमा अधिकांशको घरमा पाक्ने पकवान हुन्। अधिकांशले दसैंमा दैनिकजसो नै माछा मासुलाई आफ्नो खानपानमा समावेश गर्छन्।

तर केही यस्ता समूहहरु पनि छन्, जसले आफ्नो खानपानमा ध्यान नदिएको खण्डमा थप समस्या निम्तन सक्छ। जसमध्ये एक हुन्, मिर्गौलाका बिरामी। मिर्गौलाका बिरामीले दसैंको खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक सुझाउँछन्।

मिर्गौलाको रोग अनुसार बिरामीले आफ्नो खानपान र मात्रा तय गर्नुपर्छ। धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा थप समस्या ल्याउने मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा रबिन नेपालीले बताए।

यही विषयमा हामीले डा नेपालीसँग थप जानकारी लिएका छौँः
– मिर्गौलाका बिरामीले दसैंको खानपानमा विशेष ध्यान दिनुपर्छ।
– मिर्गौलाका बिरामीहरु एकै किसिमको हुँदैनन्। रोग अनुसार खानपान पनि फरक हुन्छ।
– मिर्गौलाका एक्युट किड्नी इन्जुरी र क्रोनिक किड्नी डिजिज हुन्छन्।
– छोटो समयमा लागेका रोग छन् भने धेरै प्रोटिन भएका खानेकुराहरु सकेसम्म कम खानुपर्छ।
– दीर्घकालीन रोग भएका बिरामीले खानपानमा ध्यान नदिए छिटो डायलाइसिस गर्नुपर्ने हुन्छ।
– मिर्गौला नबिग्रियोस् भन्नका लागि धेरै मात्रामा प्रोटिन भएका खानेकुराहरु खानु हुँदैन।
– रातो मासु, गेडागुडी, बोसो भएका खानेकुरा, नुन र तरल पदार्थ पनि धेरै मात्रामा खानु हुँदैन।
– डायलाइसिस गरिरहेका बिरामीले प्रोटिनको मात्रालाई खासै घटाउनु पर्दैन।
– फलफूलको मात्रा पनि दिनमा एक÷दुई वटाभन्दा बढी खान हुँदैन।
– मिर्गौला प्रत्यारोपण गराएका बिरामीको स्वास्थ्य अवस्था ठिक छ भने उनीहरुले सामान्य व्यक्ति सरह खानपान गर्न मिल्छ।
– तर मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिले औषधिहरु नियमित खानुपर्छ।
– दसैं भएपनि दैनिक व्यायाम गर्ने तथा खानपानमा ध्यान दिनु आवश्यक छ।
– दसैंमा खानपानमा ध्यान नदिँदा समस्या बढेर आउने बिरामीहरु पनि धेरै छन्।
– मिर्गौलाका बिरामीले आफ्नो मिर्गौलाको अवस्था र रोग अनुसार प्रोटिनको मात्रा लिनुपर्छ।
– मिर्गौलाका बिरामीले चिकित्सकको सल्लाह र परामर्श अनुसार नै दसंैको खानपान गर्नुपर्छ।
– दसैं तथा चाडपर्वमा चिकित्सकको परामर्श अनुसार खानपान गरे मात्र थप समस्या निम्तनबाट बच्न सकिन्छ।

5195
Shares

ट्रेन्डिङ