सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ग्लास्गोमा जारी कोप २६ मा धुलिखेलका मेयर अशोक ब्याञ्जुले आज सम्बोधन गर्दै

ग्लास्गोमा जारी कोप २६ मा धुलिखेलका मेयर अशोक ब्याञ्जुले आज सम्बोधन गर्दै

2625
Shares
ग्लास्गोमा जारी कोप २६ मा धुलिखेलका मेयर अशोक ब्याञ्जुले आज सम्बोधन गर्दै

स्कटल्याण्डको ग्लास्गो शहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा नेपालको तर्फबाट काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले सम्बोधन गर्दैहुनुहुन्छ ।

ब्याञ्जुले आज राती ११ बजे नेपालबाटै भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ । विश्वव्यापी नै चुनौतीको रुपमा देखिएको जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।

जलवायु परिवर्तनको समस्याले वातावरणमा दिनानुदिन समस्या सिर्जना गरिरहेको अवस्थामा सम्मेलन प्रभावकारी रहने विश्वास लिइएको छ ।
नेपालको तर्फबाट धुलिखेल नगरपालिकाले कोइलाको प्रयोगलाई बन्द गर्ने निर्णय लिएको छ ।

वातावरण सन्तुलनमा नगरपालिकाले लिएको यो कदमको अन्तर्राष्ट्रिय जगतबाट पनि प्रशंसा गरिएको छ । नगरपालिकाले वातावरणमा ह्रास ल्याउने प्रमुख तत्वको रुपमा रहेको कोइलाको प्रयोगलाई कम गर्नुको साथ साथै नगरपालिकालाई वाताव।ण सन्तुलित र व्यवस्थित शहर बनाउने लक्ष्य लिएको छ ।

2625
Shares

ट्रेन्डिङ