सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसमा तीर्थ लामाको नौँटंकी, गणेशलाई छाडेर फेरी शिव तिर

काभ्रे काँग्रेसमा तीर्थ लामाको नौँटंकी, गणेशलाई छाडेर फेरी शिव तिर

10965
Shares
काभ्रे काँग्रेसमा तीर्थ लामाको नौँटंकी, गणेशलाई छाडेर फेरी शिव तिर

 

काभ्रे : नेपाली काँग्रेस जिल्ला सभापतिमा उम्मेरदवारी घोषणा गरेका तीर्थ लामाले केहि दिनमै फेरी गुट फेरेका छन् । केहि दिन अघि लामाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार घोषणा गरेसँगै काभ्रे कांग्रेसभित्रको गुट तितरवितर भएको थियो ।

स्रोतका अनुसार आज केन्द्रिय सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भएको तीर्थ लामा र शिव हुमागाई बीचको वान टु वान कुराकानीपछि लामा फेरी हुमागाईँ गुटमै फर्किएका हुन् ।

लामाले सभापतिको उम्मेरदवारी घोषणा गरेपछि पुनः जिल्ला सभापति बन्ने दाउमा रहेका पूर्व जिल्ला सभापति शिव हुमागाईँ र तीर्थ लामाबिच फाटो आएको थियो । उक्त समयमा लामालाई वर्तमान जिल्ला सभापति मधु आचार्यले साथ दिएका थिए ।

हुमागाईँसंग लगभग पानी बाराबारकै अवस्थामा पुगेका तीर्थ लामा भने आजबाट पुनः हुमागाईँ गुटमा फर्किएका छन् । हुमागाईँ आफू जिल्ला सभापतिमा नउठ्ने र लामालाई जिल्ला सभापतिमा उम्मेरदवार बन्न दिने सहमती भएपछि उनी फेरी हुमागाईँ गुटमै फर्किएका हुन्

। लामा संविधानसभा सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं १ काभ्रेका सभापति समेत हुन् । दुईदिन अघि मात्रै लामाले जिल्ला सभापति आचार्य, उपसभापति अच्युत पौडेल,गणेश लामा,कञ्चनचन्द्र बादे लगायतसंगै काँग्रेसको बनेपा सम्र्पक कार्यालयको उद्घाटन गरेसंगै पूर्वसभापति हुमागाईँ लगभग एक्लिएका थिए ।

यस अघि सभापति मधु आचार्य गुटमा रहेका शक्तिशली नेताहरुले सभापतिका लागि तीर्थ लामालाई साथ दिने सहमति गरेको स्रोतले दाबी गरेको थियो । हुमागाईँले साथ नदिने बुझिएपछि गणेश लामा, तीर्थ पसखल, कञ्चन चन्द्र बादे र महेश खरेल लगायत जिल्लाका शीर्षस्थ नेताहरुलाई भेट्न तीर्थ लामा रातारात होटलमा पुगेर छलफललाई तिव्रता दिएका थिए ।

उनीहरुबीच चौपक्षीय सहमति पनि भएको थियो । तर लामा गणेश लामा सहितका नेताहरुलाई धो का दिएर फेरी हुमागाईँ गुटमा गएका हुन् ।

10965
Shares

ट्रेन्डिङ