सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जन्ती बोकेको जिप दु र्घ ट ना, ५ जनाको मृ त्यु

जन्ती बोकेको जिप दु र्घ ट ना, ५ जनाको मृ त्यु

4645
Shares
जन्ती बोकेको जिप दु र्घ ट ना, ५ जनाको मृ त्यु

 

डडेलधुरा : जन्ती बोकेको जिप आइतबार राति बैतडीमा दु र्घ ट ना हुँदा पाँच जनाको मृ त्यु भएको छ। म.१ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको बैतडी जिल्ला प्र ह री कार्यालयका प्रवक्ता प्र ह री निरीक्षक दर्शन खड्काले बताए।

खड्काका अनुसार जिपमा सवार सात जनामध्ये पाँच यात्रुको घ ट नास्थलमै मृ त्यु भएको हो। दुई जना गम्भीर घा इ ते भएका छन्। मृ त्यु हुनेमा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको खड्काले बताए।

दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घा इ ते भएका छन्। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्र ह रीले जनाएको छ।

आइतबार राति साढे ८ बजे जिप दु र्घ ट नामा परेको हो। दु र्घ ट नाको कारण खुल्न सकेको छैन। जिप सडकबाट ७ सय मिटर तल खसेको जनाइएको छ। उक्त जिप दशरथचन्द–२ को थलाल गाउँबाट जन्ती बोकेर दशरथचन्द–६ को सिमायलतर्फ जाँदै थियो।

4645
Shares

ट्रेन्डिङ