सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु’ : दुर्गा प्रसाईं

युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु’ : दुर्गा प्रसाईं

4450
Shares
युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु’ : दुर्गा प्रसाईं

 

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बनेर चितवन पुगेका दुर्गा प्रसाईंले आफू केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । आज बिहान आफू केन्द्रीय सदस्य लड्ने र जित्ने अठोट बोक्दै दुर्गा प्रसाईंले उमेद्द्वारी दिने निर्णय गरेका छन् ।

नेकपा एमाले पार्टीमा प्रवेश गरेको दुई महिना नपुग्दै दुर्गा प्रसाईंले लडेर जित्ने अठोट बोक्नुलाई फलामको चिऊरा चपाएको सरह हुने तर्क गर्न थालेका छन् । तर दुर्गा प्रसाईं आफ्नो निर्णय माथि पूर्णत विश्वस्त हुँदै केन्द्रीय सदस्यमा भिड्ने विचार बोकिसकेका छन् । उनले गरेको यो निर्णयलाई पार्टीका शिर्ष नेताहरुले स्वागत समेत गरेका छन् ।

दुर्गा प्रसाईंले आज बिहान चितवन पुगेर यो निर्णय गरेसंगै उनीसंग भेटेका एमालेका शिर्ष नेताहरुले अग्रीम शुभकामना दिंदै पार्टीमा स्वागत गरेका छन् । महासचिव ईश्वर पोखरेलदेखि संसदीय दलका नेता सुवास नेम्वांगले दुर्गा प्रसाईलाई शुभकामना दिएका छन् ।

दुर्गा प्रसाईंले केन्द्रीय सदस्यमा लड्ने निर्णय किन लिए भनेर प्रश्न गर्दा उनले भने, “मैले अब आफ्नो राजनीतिक यात्रा एमाले पार्टी बाटै अघि बढाउने सोचेर नै यो पार्टी प्रवेश गरेको हुँ ।

म पूर्वको मान्छे भएपनि पश्चिम र सुदूरपश्चिम पुग्दा त्यहाँको युवाहरुले मलाई औधी माया गरेर राजनीतिमा सक्रिय भएर लाग्न आग्रह गरेका थिए । जहाँ जान्थे त्यहाँ युवाहरुले मलाई घेरेर राजिनितीमा आउनुस युवाहरुलाई प्रोत्साहन गर्नुस भन्नुभयो ।

हजुरबुवा तथा हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेमा तपाई जस्तो उर्जा बोकेको व्यक्तिको खाँचो छ भनेपछि मैले रिस्क मोलेर केन्द्रीय सदस्यमा लड्न लागेको हुँ ।

मैले उमेद्द्वारी दिने निर्णय लिएसंगै मलाई एमालेका शिर्ष नेताहरुले शुभकामना दिनुभयो र यो निर्णयको स्वागत गर्नुभयो । कसैले पनि तिमीले हतार गर्यौ भन्नु भएन बरु उल्टै तिमी राजनीतिमा आउँदा युवाहरुलाई जोश बढ्छ भन्दै मलाई हौसला दिनुभएको छ । म केन्द्रीय सदस्य भएमा अध्यक्ष केपी ओलीको दरिलो खम्बा बनेर अघि बढ्नेछु र युवाहरुलाई प्रोत्साहन गर्नेछु ।

अब देश विकास गर्न अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुपर्छ र ओलीलाई साथ दिन खम्बा जस्तो बन्ने भन्दै दुर्गा प्रसाईंले भने, “म देशभरी केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन हिड्ने छु र म वहाँलाई देश विकास गर्ने योजनामा हर कदम साथ सहयोग गर्नेछु । केन्द्रीय सदस्य संगै मेरो सक्रिय राजनीतिक यात्रा सुरु हुनेछ ।”

दुर्गा प्रसाईंले अब देशलाई सम्वृद्धि तर्फ लैजान नेकपा एमालेको सरकार नै जरुरी भएको मुल्यांकन जनताले गरेको उल्लेख गरेका छन् । नेकपा एमालेमा युवाहरुको पनि राम्रो क्रेज भएको कारण पनि विचार र सिद्धान्तमा भन्दा पनि विकास र काममा विशेष जोड दिने गरेको छ । आफूलाई पनि संधै केहि गरौँ भन्ने हुटहुटी थियो र अब एमाले पार्टी प्रवेश गरेसंगै देश निर्माण गर्ने हुटहुटी पूरा हुने विश्वस्त दुर्गा प्रसाईं रहेका छन् ।

4450
Shares

ट्रेन्डिङ