सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अनुसन्धानमा ठगीमा संलग्न देखिए लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

अनुसन्धानमा ठगीमा संलग्न देखिए लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

325
Shares
अनुसन्धानमा ठगीमा संलग्न देखिए लामिछानेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । 

सांसदमा कांग्रेसले उठाएको पश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए ।

लामिछानेको नाममा ती सहकारीबाट लिएको ऋण फर्च्छ्यौट भइसकेको कुरा आफूलाई जानकारी रहेको पनि प्रधानमन्त्रीले बताए । माओवादी र कांग्रेसको सरकार हुँदाताका नै लामिछानेको नामको ऋण फर्छ्यौट भइसकेको दाहालले जानकारी दिएका हुन् ।

325
Shares

ट्रेन्डिङ