सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो

तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो

4355
Shares
तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो

 

चितवन, १४ पुस : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो ।

जिल्ला प्र ह री कार्यालय चितवनका प्रमुख प्र ह री उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो ।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घ ट ना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उहाँले बताउनुभयो ।

 

4355
Shares

ट्रेन्डिङ