सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

एकैपटक चार मन्दिरमा चोरी

5515
Shares
एकैपटक चार मन्दिरमा चोरी

 

चितवन, १८ पुस : पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चो री भएको छ ।

वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चो री भएको हो ।

पदमपुर प्र ह री चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चो री भएको होे ।

दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु १० हजार बराबरको नगद तथा जिन्सी चो री भएको कार्यालयका प्रमुख तथा सहायक प्र ह री निरीक्षक उदय केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच/ सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् ।

घ ट नाको प्रकृति हेर्दा पैसाका लागि चो री गरिएको अनुमान गरिएको छ ।

 

 

5515
Shares

ट्रेन्डिङ