सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • केयुको रजिष्ट्रार कार्यालय अनिश्चितकालीन बन्द

केयुको रजिष्ट्रार कार्यालय अनिश्चितकालीन बन्द

4260
Shares
केयुको रजिष्ट्रार कार्यालय अनिश्चितकालीन बन्द

 

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ ।

केयुले आफुहरूको माग सम्बोधन नगरेको भन्दै अनिश्चितकालीन बन्द गरिएको अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष सुदिन अधिकारी र सचिब विवेक गुरुङद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियुले यहि पुस महिना ४ गते काठमाडौं विश्वविद्यालय प्रशासनसंग विश्वविद्यालय भित्रका समयसापेक्ष बिषय र विद्यार्थीहरुले भोगिरहेका समस्या समाधानका लागि भन्दै ५ बुँदे मागपत्र बुझाएको थियो ।

अनेरास्ववियुको मागका बारे पुस १३ गते विश्वविद्यालयले वार्ता आह्वान गरेको थियो । तर वार्ता निष्कर्षहीन भयो । केयु प्रशासनले शुल्क सम्बन्धी कार्यकारी परिषद्को निर्णयबाट आफुहरू पछि हट्न नसक्ने बताएपछि वार्ता निष्कर्षबिहीन भएको हो ।

केयु प्रशासनले विद्यार्थीका मागका सम्बन्धमा थप गृहकार्य आवश्यक भएको भन्दै १६ गतेका लागि दोस्रो वार्ता आह्वान गरेको थियो ।

दोस्रो बैठकमा पनि केयु प्रशासन पहिलेको कुराबाट टसमस नभएपछि रजिष्ट्रार कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएको विज्ञप्तिमा भनिएको छ ।

 

4260
Shares

ट्रेन्डिङ