सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

सुनको मुल्य सस्तियो

5435
Shares
सुनको मुल्य  सस्तियो

 

काठमाडौँ । सोमबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा पाँच रुपैयाँले मात्र घट्दै आज एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

5435
Shares

ट्रेन्डिङ