• होमपेज
  • यसरी सम्झिए कम्युनिष्ट नेताहरुले ज्ञवालीलाई…..

यसरी सम्झिए कम्युनिष्ट नेताहरुले ज्ञवालीलाई…..

यसरी सम्झिए कम्युनिष्ट नेताहरुले ज्ञवालीलाई…..

नेकपा मालेका महासचिव सिपी मैनालीले स्वर्गीय माधव ज्ञवाली (मधु गुरु) ले अपनाएको जनवादी गणतन्त्रको बाटो नै सही बाटो भएको भन्दै त्यसलाई सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीले स्वर्गीय क. माधव ज्ञवालीको १३ औं दिनको पुण्यतिथिको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता मैनालीले यस्तो कुरा बताएका हु्न । उनले नेपालमा कम्युनिष्ट आन्दोलनकारी शक्तिहरुवीच एकता हुनुपर्ने धारणा राखे ।
पार्टीका महासचिव मानध्वज गुरुङ्को सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका महासचिव मैनालीले वर्तमान राजनीतिक अवस्थाबारेमा पनि प्रकाश पारेका थिए । उनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको अहिले कुनै औचित्य नभएको भन्दै प्रस्ताव फिर्ता गर्नुपर्ने माग समेत गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले पनि स्वर्गीय माधव ज्ञवालीको बारेमा ऐतिहासिक चर्चा गर्दै उनले अपनाएको बाटोलाई सबैले मार्गदर्शनको रुपमा अख्तियार गर्नुपर्ने धारणा राखे ।
नेकपा माओवादी क्रान्तिकारीका नेता रामसिंह श्रीस, लोक नारायण सुवेदी, लोककृष्ण भट्टराई, अप्सरा शाह, गोकुल थापा, सुरज चौलागाई, सुरेश अछामी लगायतले स्वर्गीय माधव ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए । उनीहरुले कम्युनिष्ट आन्दोलनमा होमिएका शक्तिहरुकावीचमा एकता हुनुपर्नेमा समेत जोड दिएका थिए ।
त्यस्तै कार्यक्रमका सञ्चालक नेकपा माक्र्सवादीका नेता अच्युतराज ज्ञवालीले स्वर्गीय माधव ज्ञवालीको जीवनीबारे संक्षिप्त चर्चा गर्दै नेपालको कम्युनिष्ट आन्दोलन एकतमा परिणत गरि जनमुखी कार्यक्रमहरुको विकास गर्नेमा जोड दिएका छन् ।
पार्टीका महासचिव मानध्वज गुरुङ्ले स्वर्गीय क. माधव ज्ञवालीले अपनाएको नीति र स्वर्गीय क. पुष्पलालले कार्यदिशालाई आत्मसात् गर्दै अघि बढ्न सकेमा मात्रै श्रद्धाञ्जली गरेको सार्थकता हुने स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका