सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा को रो ना स ङ्क्र म ण बढ्दो क्रममा, कति छन् सक्रिय सं क्र मि त ?

काभ्रेमा को रो ना स ङ्क्र म ण बढ्दो क्रममा, कति छन् सक्रिय सं क्र मि त ?

3490
Shares
काभ्रेमा को रो ना स ङ्क्र म ण बढ्दो क्रममा, कति छन् सक्रिय सं क्र मि त ?

 

काभ्रेमा को रो ना भाइरसका बिरामी बढ्दै गएका छन् ।

आजसम्म जिल्लामा सक्रिय बिरामीको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनामा को रो ना भाइरसको स ङ्क्र म ण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ५४ जनाको नमुना परीक्षण गर्दा ४ जनामा स ङ्क्र म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनैपनि सं क्र मि त निको भएका छैनन् ।

जिल्लामा सं क्र मि त भएकामध्ये कोरोना स ङ्क्र मण मुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ५५ छ ।

पछिल्लो २४ घण्टामा कोरोना स ङ्क्र मणका कारण कसैको पनि ज्या न गएको छैन । अहिले सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् त्यहाँ २९ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै धुलिखेलमा ९,नमोबुद्धमा ६,पनौतीमा ८,मण्डनदेउपुरका २,पाँचखालमा २,भुम्लुका ३ र बेथानचोकका १ जना सक्रिय बिरामी रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक हजार ७८५ जनाले को रो ना वि रु द्धको खोप लगाएका छन् ।

योसहित काभ्रेमा दुई लाख ७ हजार २सय ३७ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दुई लाख ७२३ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

3490
Shares

ट्रेन्डिङ