सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १२ वर्षे मकर मेला सुरु (फोटो फिचर)

१२ वर्षे मकर मेला सुरु (फोटो फिचर)

7045
Shares
१२ वर्षे मकर मेला सुरु (फोटो फिचर)

 

काभ्रे : जिल्लाको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला सुरु भएको छ ।

पनौतीको त्रीवेणीाटमा १२ वर्षमा लाग्ने मकर मेला माघ १ गतेदेखी एक महिनासम्म सञ्चालन हुनेगर्दछ ।यो वर्षको मकर मेला स्नानमा मात्रै सिमीत हुने भएको छ ।

को रो ना म हा मा रीका कारण अन्य मेला,महोत्सव भने स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बढ्दो को रोना संक्रमणनलाई ध्यानमा राख्दै २५ जना भन्दा बढि भिडभाड नगर्न भनेको छ ।

साथै मकर मेलामा हुने मेला महोत्सव स्थगित गर्न निर्देशन दिएको थियो । स्नानका लागि पनि एक पटकमा २५ जनालाई मात्रै प्रवेश दिन प्रशासनले आग्रह गरेको छ ।

‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आजदेखि एक महिनासम्म मेला लाग्नेछ ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको छ भने सुरक्षा व्यवस्थापन गर्न सिसीटिभी जडान गरिएको छ ।

मकर मेला, त्रिवेणीस्नानले शरीर र मन दुवैको रोग नाश हुन्छ भन्ने पौराणिक कथनअनुसार सत्ययुगमा देवताका राजाले आफ्नो शरीरमा लागेको श्राप जन्य रोग पनौती उपासनाबाटै निको पारेका थिए भन्ने भनाई रहेको छ।

स्कन्दपुराणको हिमवत् खण्डमा पनि यस प्रसगंमा –गौतम ऋषिकी पत्नी अहिल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको समेत श्रापमोचन पद्मावती (पुण्यमाता) र लीलावती (रोशी)को सङ्गममा पूणिर्माका दिन बिहान सबेरै नुहाउनाले भयो भनी उल्लेख छ ।

नेपाल माहात्म्यमा पुण्यमातालाई नीरमती र रोशीलाई रोषमती भनिएको देखिन्छ।त्यसैले पनौतीमा पुण्यमाता र रोशीको सङ्गममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ।

 

7045
Shares

ट्रेन्डिङ