सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नाबालकको साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार बरामद

नाबालकको साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार बरामद

1305
Shares
नाबालकको साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार बरामद

मोरङ | प्रहरीले विराटनगर-६ शनिमन्दिर चोकबाट एक नाबालकको साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँ मंगलबार बरामद गरेको छ ।

कोशी प्रहरी कार्यालयका प्रादेशिक अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले १६ वर्षीय नाबालकले कालो झोलामा उक्त रकम बोकेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

उनको साथबाट १ हजार दरको १ हजार ६८७ थान, ५ सय दरको १ हजार थान बरामद भएको ओलीले बताए । उनले उक्त रकम हुण्डी कारोबारको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

नाबालकको साथबाट कुमारी बैंक लिमिटेडको चेकबुक एक थान, एनआईसी एसिया बैंकको एक थान चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा रकम जम्मा गरेको भौचर चार थान र प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको मोटरसाइकल बरामद भएको उनले जानकारी दिए ।

1305
Shares

ट्रेन्डिङ