सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल भित्रिएको २४ लाख बुस्टरडोज खोप ‘गायब’

नेपाल भित्रिएको २४ लाख बुस्टरडोज खोप ‘गायब’

3770
Shares
नेपाल भित्रिएको २४ लाख बुस्टरडोज खोप  ‘गायब’

 

काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ ।

आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा को रो ना भा इरस स ङ क्रम णको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई जानकारी गराउनुभयो ।

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि खोप अनिवार्य रहेको र सबै नागरिकलाई खोपको तत्काल व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भिडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ । त्यसैगरी गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकालाई घरघरैमा पुगेर खोप लगाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो ।

समितिले होल्डिङ सेन्टर छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका सङ्क्रमण हुन नदिन कडा निगरानी गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड परीक्षणलगायतको काम स्थानीय तहलाई दिने र संघीय सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसकी सांसद एवम् पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कोभिड नियन्त्रणका लागि घरदैलोमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले निःशुल्क पीसीआर टेष्ट गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । बैठकमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य सचिव पोखरेलले सरकारले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

 

3770
Shares

ट्रेन्डिङ