सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

3900
Shares
आजको मौसम : देशभर वर्षाको सम्भावना

 

काठमाडौं : पश्चिमी वायुका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मौसम बदली रहेको छ। अन्य प्रदेशमा मौसम सामान्यतयस सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागती र प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा हल्कादेखी मध्यम हिमपातको सम्भावना छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी‚ गण्डकी‚ बागमती र प्रदेश १ मा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

3900
Shares

ट्रेन्डिङ