सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पनौती-खोपासी सडक पिच नभए आमरण अनसन बस्ने वडाअध्यक्षको चेतावनी

पनौती-खोपासी सडक पिच नभए आमरण अनसन बस्ने वडाअध्यक्षको चेतावनी

755
Shares
पनौती-खोपासी सडक पिच नभए आमरण अनसन बस्ने वडाअध्यक्षको चेतावनी

काभ्रे। जिल्लाको पनौती हुदै खोपासी जाने सडक पिच नभएको भन्दै पनौती नगरपालिका वडा न १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारीले प्रदेश सरकार र केन्द्र सरकारलाई २१ दिने अल्टिमेट दिदै आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

सडक चौडा गरिएका लामो समयसम्म पनि कालोपत्रे नगरिएको कारण धुलो र हिलोका कारण आवागनमा नै समस्या निरन्तर झेल्दै आएकोमा आज पत्रकार सम्मेलन गर्दै भण्डारीले आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

२१ दिनभित्र पनि सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे २०८१ वैशाख १६ गतेबाट वडाको सिमानामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । ‘वडा नं १० वरिपरीका सबै सडक कालोपत्रे हुँदा पनि पनौती खोपासी सडक कालोपत्रे भएन, यसका कारण हामीले धेरै सास्ती र गाली खानुपर्यो,’ उनले भने, ‘हामीले वडाले गर्न सक्ने केही रहेनछ, प्रत्येक बर्ष ५–१० लाखको ग्राभेल हालेर पनि केही हुने रहेनछ, २१ दिनसम्म पनि यो सडक कालोपत्रे हुने सुनिश्चिता भएन भने वैशाख १६ गतेबाट म आमरण अनसन बस्छु ।’ यो संन्देश सबैमाझ पुर्याईदिन अनुरोध गर्दै यो सडक निर्माणकोलागी सहजिकरण गर्दिन समेत आग्रह गर्दछु।

पनौती देखि बेथान्चोक गाउपालिका वडा न ४ को सिमाना (क्लव घर ) सम्मको ४ किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयले धुलो, हिलो झेल्दै आईरहेका छन्। सडकको दुरावस्थाका कारण सार्वजनिक यातायात नियमित सञ्चालन हुन नसक्दा स्कुल, कलेजका विद्यार्थी थप मारमा परेका छन् ।

वडाअध्यक्ष भण्डारीका अनुसार, प्रदेश अन्तर्गतको सडक भएको कारण वडा र नगरले बजेट विनियोजन गर्दा अपर्याप्त हुने भएकोले प्रदेश वा संघीय योजनामा पर्ने भन्दै स्थानीय धैर्य रहँदै आएका थिए । ‘सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका पूर्वमन्त्री तीर्थ लामाले पहल गर्दै सो सडकको लागि १४ करोड ४६ लाख बराबरको बोलपत्र आव्हान हुने भन्ने खबरले हामीले खुशी भएका थियौं, तर पछि सरकार परिवर्तन भएपछि प्रदेशको अर्थ मन्त्रालयमा सचिवले हस्ताक्षर गर्न नमानेको कारण स्रोत सुनिश्चित हुन नसकेको भण्डारीको दाबी छ।

पत्रकार सम्मेलनकै क्रममा उपस्थित स्थानिय महेन्द्र वाग्लेले पटक पटक निर्णय गरेर कालोपत्रेको लागि प्रदेश मन्त्रालयमा पहल गरेपनि सरकार परिवर्तन भएसंगै स्रोत सुनिश्चित हुन नसकेको बताएका थिए । केहि साल अघि मात्र सो सडक दाया बाया चौडासमेत गरिएको थियो।

755
Shares

ट्रेन्डिङ