सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • केयु र धुलिखेल नगरपालिकाले हाइड्रोजनबाट बस चलाउने

केयु र धुलिखेल नगरपालिकाले हाइड्रोजनबाट बस चलाउने

4045
Shares
केयु र धुलिखेल नगरपालिकाले हाइड्रोजनबाट बस चलाउने

 

काभ्रेको धुलिखेल स्थित काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलले हाइड्रोजनबाट बस चलाउने भएको छ ।

त्यसका लागि आज काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेल बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा केयुका तर्फबाट स्कुल अफ साइन्सका डिन प्राध्यापक डाक्टर मनिष पोखरेल र धुलिखेल नगरपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष अजय बहादुर राईले हस्ताक्षर गर्नुभएको छ ।

डाक्टर विराज सिंह थापा र डाक्टर राम लामाको टिमले हाइड्रोजनबाट चल्ने बसको अनुसन्धानको नेतृत्व गरिरहनु भएको छ । केयुले ग्रीन हाइड्रोजन ल्याव स्थापना गरिसकेको छ ।

 

4045
Shares

ट्रेन्डिङ