सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नक्कली पिसिआर रिपोर्ट बनाउने दुई पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने दुई पक्राउ

5500
Shares
नक्कली पिसिआर रिपोर्ट बनाउने दुई पक्राउ

 

चितवन : जिल्ला प्र ह री कार्यालय चितवनले नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जनालाई प क्रा उ गरेको छ।

प क्रा उ पर्नेमा भरतपुर महानगरपालिका–१३ चौबीसकोठीमा रहेको देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन्।

अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना संकलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई प क्रा उ गरिएको हो।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई माघ २५ गते प क्रा उ गरी आज सार्वजनिक गरिएको हो।

प क्रा उ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

 

5500
Shares

ट्रेन्डिङ