सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाण्डौमा पनि देखियाे बर्ड फ्लु

काठमाण्डौमा पनि देखियाे बर्ड फ्लु

4625
Shares
काठमाण्डौमा पनि देखियाे बर्ड फ्लु

 

 

काठमाण्डाै : काठमाण्डौमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ ।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ३ मा गोविन्द मगरले पालेको कुखुरामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण देखिएको ठाउँकाे पक्षी नष्ट गरिनुका साथै निःस ङ्क्र मण समेत गरिएको छ ।

थप स ङ्क्र मण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाण्डाैमा २० वटा कुखुरा, पाँच वटा परेवा र तीन वटा लौकाट न ष्ट गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

कुखुरा मर्न थालेपछि शङ्का लागेर केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियालटाइम पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स ङ्क्र मण देखिएको क्षेत्रबाट एक हजार नाै सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र तीन सय ५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा देखिएको बर्ड फ्लु एचपीएआई, र एचफाईभ एन वान रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि गएकाे शुक्रवार चितवनको राप्ती नगरपालिकाको पक्षीमा पनि बर्ड फ्लु सङ्क्रमण देखिएको थियो ।

 

4625
Shares

ट्रेन्डिङ