सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो

बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो

870
Shares
बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझियो

काठमाडौं । बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै राय बाझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको  हो ।

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।

अर्का न्यायाधीश खरेलले भने हिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् ।

अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ । 

870
Shares

ट्रेन्डिङ