सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धरौटीमा छुटे र्‍यापर लाउरे

धरौटीमा छुटे र्‍यापर लाउरे

6435
Shares
धरौटीमा छुटे र्‍यापर लाउरे

 

 

काठमाडौं, १० फागुन:  लागूऔषध मु द्दामा प क्रा उ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

 

जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले मंगलबार लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

 

उनीसँगै प क्रा उ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

 

अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका-२१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका- ८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

 

लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा गत पुस १४ गते साँझ प्रहरीले लाउरेसहित चार जनालाई पोखराको सिर्जना चोकबाट प क्रा उ गरेको थियो ।

 

 

6435
Shares

ट्रेन्डिङ