सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालकाे विश्व कप खेल्ने सपना अपूरै, यूएईसँग पराजित

नेपालकाे विश्व कप खेल्ने सपना अपूरै, यूएईसँग पराजित

9830
Shares
नेपालकाे विश्व कप खेल्ने सपना अपूरै, यूएईसँग पराजित

 

काठमाडौं, १० फागुन: नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे ।

 

अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १८ ओभर ४ बलमा एक सय सात रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाएपछि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् ।

 

बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए ।

 

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

 

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने थियाे । । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

 

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेकाे थियाे । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।

 

 

9830
Shares

ट्रेन्डिङ