सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

कस्तो रहला आजको मौसम ?

3490
Shares
कस्तो रहला आजको मौसम ?

 

 

काठमाडौं, १७ फागुन: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

 

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

 

त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मिौसम विभागले जनाएको छ ।

 

मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

 

त्यस्तै,गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

 

 

3490
Shares

ट्रेन्डिङ