सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा राजनैतिक क्षेत्रमा महिला नेतृत्व विकासका चुनौति विषयमा साझा सभा कार्यक्रम सम्पन्न

काभ्रेमा राजनैतिक क्षेत्रमा महिला नेतृत्व विकासका चुनौति विषयमा साझा सभा कार्यक्रम सम्पन्न

4480
Shares
काभ्रेमा राजनैतिक क्षेत्रमा महिला नेतृत्व विकासका चुनौति विषयमा साझा सभा कार्यक्रम सम्पन्न

 

 

काभ्रे : अन्तरपार्टी महिला सञ्जालले राजनैतिक क्षेत्रमा महिला नेतृत्व विकासका चुनौति विषयक साझा सभा कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

अन्तरपार्टी महिला सञ्जाल काभ्रेका अध्यक्ष तथा अनेम संघ काभ्रेका अध्यक्ष शुभ लक्ष्मि मानन्धरको सभाअध्क्षतमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा काभ्रे जिल्लामा रहेको नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टि एमाले, नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र र नेपाल कम्युनिष्ट पार्टि समाजबादिका पार्टि प्रतिनिधि नेता महिला सहितको उपस्थिती रहेको थियो ।

 

राजनैतिक क्षत्रमा महिला नेतृत्व विकासका चुनौति विषयक साझा कार्यक्रम का लागी पार्टि पंक्तिका तर्फबाट नेपाली काँग्रेसका उपसभापति रमेश हुमागाईं, नेपाल कम्युनिष्ट पार्टिका तर्फबाट सामाजिक विकास शाखा उपाध्यक्ष पुर्णचन्द्र सिग्देल, नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका पूर्व संविधान सभा सदस्य तथा बागमती प्रदेश सचिवालय सदस्य रेणुका चौलागाईं र नेपाल कम्युनिष्ट पार्टि समाजबादीका तर्फबाट अनेम संघ केन्द्रिय सदस्य पासाङ डोल्मा तामाङले समग्र महिला नेताको तथा कार्य पत्रमा उल्लेख भएको विषय बस्तुमा केन्द्रित रहेर प्रतिबद्धता सहित सम्बोधन गरेका थिए ।

 

अन्तरपार्टि महिला सञ्जाल सदस्य सावित्रि लामिछाने, सरस्वती बैध, पवित्रा भुर्तेल, कमला काफ्ले, उषा अर्याल, कल्पना तामाङ लगायत नेताहरुले सामाजिक, आर्थिक, नैतिक व्यवहारिक सहित दैनिक जिवन तथा प्राकृतिक रुपमा रहेको विबिधतालाई चिर्दै सामाजिक रुपान्तरणमा महिलाको सहभागिता गर्नु पर्ने धारणा राखेका थिए ।

 

उनीहरुले चाहेर, नचाहेर तथा चाहदा चाहदै समेत महिला नेताले विविध समस्या झेल्दै आउनु परेको बताए । यस्ता प्रकृतिका प्रथा लाई सकारात्मक तथा सृजनात्मक तवरबाट रुपान्तरण गर्ने तथा गराउने भूमिका राजनितिमा होमिएको नेता पुस्ताबाट शुरुवात गर्नु पर्ने आवश्यक्ता रहेको उनीहरुको भनाई छ ।

 

राजनैतिक भन्दा पनि अभियान विजयी गर्ने उदेश्यमा महिला लाग्नु पर्नेमा उनीहरुले जोड दिएका छन्। महिलाको मुद्धामा महिलाको सहभागिता र महिलाको साथ सहयोगबाट समाधान सहित अगाडी बढ् सकिने वातारण बनाउने जिम्मा महिलाहरुकै रहेको उनीहरुको भनाई छ ।

 

अन्तरपार्टी महिला सञ्जालको विगत २०६३ देखिको अभियानमा रहेको केहि साथिहरु उपमेयर भएर जिम्मेवारी लिइरहेकाले वर्तमान अवस्थामा अभियान तथा नियमति बैठक समेत हुन नसकेको सामुदायि सारथीका अध्यक्ष तथा कार्यपत्र सहजकर्ता कृष्ण प्यारी नकर्मिले बताइन्।

 

जसका कारण पनि अन्तरपार्टी महिला सञ्जाललाई चुस्तता दिन नसकेको उनको भनाई छ । अन्तरपार्टी महिला सञ्जालको कार्य अवधि १ वर्ष तोकिएको भए पनि पछिल्लो जिम्मेवारी कोभिड महामारी, सदस्य पदाधिकारी स्थानिय तहमा जिम्मेवारी पद र व्यस्तताको कारण जिम्मेवारी हस्तान्तरण हुन नसकेको बताइएको छ । कार्यक्रमको संचालन भने सामुदायि सारथीका काभ्रे जिल्ला संयोजक भेषराज दनुवारले गरेका थिए ।

 

 

4480
Shares

ट्रेन्डिङ