सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • क्रोएसिया उडाइदिने भन्दै करोडौँ ठगी गर्ने पक्राउ

क्रोएसिया उडाइदिने भन्दै करोडौँ ठगी गर्ने पक्राउ

960
Shares
क्रोएसिया उडाइदिने भन्दै करोडौँ ठगी गर्ने पक्राउ

क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने युवा सञ्जय सरदार शनिवार  साँझ विराटनगबाट पक्राउ परेका छन् । 

सरदारले झापा गाउँपालिका क्षेत्र र झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजारका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएका थिए ।

मोरङ पोखरिया घर भई हाल कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई विराटनगरको कटहरीस्थित  आदर्शनगरबाट शनिवार राति ९ बजे प्रहरीले पक्राउ गरेको हो ।

सरदारले त्यहाँका अन्य मानिसलाई समेत विदेशकाे राम्रो देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको र लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ छ  । विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

960
Shares

ट्रेन्डिङ