सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • लाइसेन्सको आवेदन अनलाइबाटै

लाइसेन्सको आवेदन अनलाइबाटै

7750
Shares
लाइसेन्सको आवेदन अनलाइबाटै

सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि अब घन्टौ लाइनमा बसेर फारम लिने र बुझाउने झन्झटकासमाप्त भएका छन् । आज सोमबारबाट यातायात व्यवस्था विभागले अनलाइनबाटै फारम भर्ने सुविधा सुरु गरेको छ ।
यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन फारमको व्यवस्थापछि घन्टौं लाइन बस्नुपर्ने बाध्यता र बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना केही हदसम्म कम हुने बताइएको छ ।
अनलाइन फारम भर्ने सेवा आइतबार यातायात मन्त्री रमेश लेखकले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर उदघाटन गरेका छन् ।
यो सेवा सुचारु भएपछि सोमबारदेखि घरमै बसीबसी लाइसेन्स आवेदन फारम भर्न सकिने छ । अनलाइन आवेदन फारम भर्ने सुविधा हाललाई वागमती अञ्चल कार्यालयमामात्रै छ । फारम भने देशभरिबाटै भर्न सकिनेछ । तर, सुरुवात चरणमा यो सेवा दुईपांग्रे सवारी साधनको लाइसेन्सका लागि मात्रै लागू गरिएको छ ।
विभागका अनुसार अनलाइन फारम भरेकाहरुको लिखित परीक्षा र ट्रायल सबै काठमाडौं उपत्यकामै हुनेछ । अनलाइन आवेदनका लागि
http://202.45.144.104/Nepal_DLReg/newDlApplicationEntry_.action
लिङ्कमा जानु पर्नेछ ।

7750
Shares

ट्रेन्डिङ